भारतबाट फर्किएका १० जनामा भेटियो नयाँ भेरिएन्टको कोरोना

धनगढी। भारतकाबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले दिएको जानकारी अनुसार हालसम्म भारतका विभिन्न सहरबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
हेल्थ डेस्कका प्रमुख साउदले भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल-भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको बताएका छन् ।
हालसम्म भारतका विभिन्न सहरबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको छ, साउदले भने-‘भारतबाट आउनेहरूमा कोरोना सङ्क्रमण छरछैन जाँच्न एन्टिजेन परीक्षण गरिरहेका छौँ’, उनले भने, ‘अहिलेसम्म १० जनामा एन्टिजेन पोजेटिभ देखिएको छ ।’
हेल्थ डेस्कका प्रमुख साउदका अनुसार कोरोना सङ्क्रमितलाई घरमै एकान्तबास (होम आइसोलेसन) मा बस्न सुझाव दिइएको छ । गौरीफन्टा नाका भएर भारतका विभिन्न स्थानबाट दैनिक सयौँ नेपाली घर फर्किरहेका छन् ।
कोरोनाको ‘भेरिएन्ट’ यकिनका लागि नमूना सङ्कलन गरेर काठमाडौं पठाइएको प्रमुख साउदले बताए । ‘भेरिएन्ट यकिन गर्न नौ जनाको नमूना काठमाडौँ पठाएका छौँ’, उनले भने, ‘दुई साता भइसक्यो, त्यसको ‘रिपोर्ट’ आएको छैन ।’
कञ्चनपुरको गड्डाचौकी नाका प्रयोग गरेर घर फर्किँदै गरेका नेपालीमा भने हालसम्म कोरोना सङ्क्रमण पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।





प्रतिकृया दिनुहोस्