April 18, 2026, Saturday
२०८३ बैशाख ५

व्यवसायीहरुले आज बैंकमा पैसा जम्मा नगरेर विरोध जनाउने

धनगढी । कैलालीका व्यवसायीले आज बैंकमा पैसा जम्मा नगरेर विरोध जनाउने भएका छन् । बैंकको चर्को व्याजदरविरुद्ध आन्दोलनरत व्यवसायीहरुले बढाएको व्याजदर फिर्ता लिन दबाबस्वरुप एक दिन नगद जम्मा नगरी विरोध जनाउन भएका हुन ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले विरोध स्वरुप व्यवसायीले आज कुनै पनि बैंकमा नगद जम्मा नगर्ने जानकारी दिएका हुन् । बैंकले चर्को ब्याजद बढाएपछि पेसाबाटै पलायन हुनु पर्ने अवस्था आएको भन्दै विगत केही दिनदेखि व्यवसायी आन्दोलनरत छन् ।

कैलालीमा व्यवसायीहरु दैनिक दुई घण्टा व्यापार बन्द गरेर आन्दोलन गरिरहेका छन् । बुधबार व्यवसायीले ब्याजदर फिर्ता हुनु पर्ने माग गर्दै नेपाल राष्ट्र बैंक अगाडि विरोध प्रदर्शन गरेका थिए ।

बैङ्क तथा वित्तीय संस्थाले एकैचोटी ब्याजदर बढाएर १७ प्रतिशसम्म पु¥याएपछि समस्यामा परेको व्यवसायीहरुले बताएका छन् । सात/आठ प्रतिशत लिइदै आएको ब्याजदर एकैचोटी आधाभन्दा बढी बढाएर १७ प्रतिशत पु¥याएपछि ऋण तिर्न नसके व्यवसायी पेसाबाटै पलायन हुने अवस्था आएको उनीहरुको भनाइ छ ।

चर्को ब्याजले गर्दा व्यवसाय नै धरासयी भएको छ । माग सुनुवाई नभएमा चैत १ गतेबाट आन्दोलनका कार्यक्रम अझ सशक्त र कडा बनाउने उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरले बताएका छन् ।