धनगढीमा आयोजना हुने सूचना प्रबिधि मेलाको तयारी अन्तिम चरणमा

धनगढी । धनगढीमा आयोजना हुन गइरहेको सूचना प्रबिधि मेला (क्यान इन्फोटेक) २०२३ को तयारी अन्तिम चरणमा पुगेको छ । पहिलो इन्फोटेक भएकको सात बर्षपछि क्यान कैलालीले दोश्रो संस्करणको आयोजना गर्न लागेको हो ।
इन्फोटेकको मुख्य प्रायोजकमा नेपाल दुर संचार प्राधिकरण र एशोसियटमा नेपाल टेलिकम रहेका छन् । फागुन १६ गते देखि २० गतेसम्म सञ्चालन हुन गइरहेको क्यान इन्फोटेकको दोश्रो संस्करणको ९० प्रतिशत तयारी पुरा भैसकेको क्यान इन्फोटेकका निर्देशक टेकराज पनेरु पप्पुले बताएका हुन ।
संचार तथा प्रविधि क्षेत्रमा बिकास भएका नया नया प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको बिकासका लागि आवश्यक रणनीति निर्माणका लागि सार्थक अन्तरक्रिया गर्ने उदेश्यले इन्फोटेक आयोजना भैरहेको छ ।
इन्फोटेकममा आइटी सेमीनार आयोजना गरिनेछन् भने प्रविधिको प्रदर्शन गर्ने संस्थालाई पुरस्कृत गरिनेछ अनलाइन प्रदर्शन गरिनेछ ।
प्रबिधिको प्रयोगसंगै बालबालिकाहरु मोबाइल तथा कम्यूटरमा बढी समय व्यतित गर्ने गरेको अवस्थामा उनीहरुलाई गलत बाटोमा जानबाट कसरी रोक्ने भन्ने बारेमा पनि मेलामा जानकारी गराइने इन्फोटेक २०२३ का निर्देशक पनेरुले बताए ।
क्यान कैलालीका अध्यक्ष यज्ञ राज ओझाका अनुसार इन्फोटेकमा नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सुविधा सम्पन्न मोबाइल बसमा बिभिन्न सेमीनारका बारेमा जानकारी गराइने छ ।
अध्यक्ष ओझाका अनुसार इन्फोटेकमा ७० वटा स्टलबाट बिभिन्न कम्पनी, संस्थाहरुलाई आमन्त्रण गरेर नयाँ प्रविधिको प्रदर्शनी गरिनेछ । सुदूरपश्चिमका नौ वटै जिल्लालाई समेटेर ८० हजारदेखि १ लाख दर्शकलाई अवलोकन गराउने लक्ष्य क्यानले गरेको छ ।
क्यान कैलालीले २०७२ मा पहिलो पटक क्यान इन्फोटेक आयोजना गरेको थियो । दोश्रो इन्फोटेकको तयारी गरे पनि कोभिडका कारण सफल हुन सकेका थिएन ।





प्रतिकृया दिनुहोस्