बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर विरुद्ध आन्दोलनमा उत्रदै व्यवसायी

धनगढी । व्यवसायीहरुले आन्दोलन घोषणा गरेका छन् । कैलालीका व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउनुपर्ने माग गर्दै आन्दोलन घोषणा गरेका हुन् ।
कैलाली उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीहरुले सोमबार धनगढीमा पत्रकार सम्मेलन गरेर बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रन लागेका हुन् ।
चर्को ब्याजदर विरुद्ध व्यवसायीहरुले प्रदर्शनलगायतका कार्यक्रम गर्न लागिएको जनाएको छ । उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले चर्को ब्याजदर असुलिरहेको विरोधमा मंगलबार धनगढीमा प्रदर्शन गरिने बताएका छन् ।
ओझाले संघको अगुवाइमा हुने आन्दोलनमा सबै बस्तुगत संघसंगठनहरुको ऐक्यवद्धता र समर्थन रहेको दावी गरे । बैंक तथा वित्तीय संस्थाले ब्याजदर मनोमानी बढाउँदा व्यवसाय धरासायी बनेको उनले बताए । माग सुनुवाइ नभए आन्दोलनका थप कार्यक्रम घोषणा गरिने संघले जनाएको छ ।





प्रतिकृया दिनुहोस्