सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसले बढ्यो सक्रियता, पुरानै गठबन्धनको सरकार बन्ने दावी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने निर्णय लिए संगै नेपाली कांग्रेसका नेताहरुले सक्रियता बढाएका छन् ।
सुदूरपश्चिम प्रदेश सभाको बैठकमा आज साँझ ५ बजेसम्म विश्वासको मत नलिए मुख्यमन्त्री रावलको सरकार ढल्नेछ । त्यसअघि नै कांग्रेस नेताहरुले भने सक्रियता बढाएका हुन ।
नेपाली कांग्रेसलाई नेकपा एकीकृत समाजवादीले साथ दिएको छ । कांग्रेसको छलफलमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारी बुधबार समेत छलफलमा सहभागी भएका थिए ।
सुदूरपश्चिम प्रदेश सभाका सभापति वीरबहादुर बलायरले विभिन्न पक्षसँग बुधबार भेटघाट गरेका थिए । बुधबारको प्रदेशसभा बैठक बिना सल्लाह स्थगित गरिएको भन्दै सभामुख भीमबहादुर भण्डारीसँग बलायरले आपत्ति नै जनाएका थिए ।
‘सभामुख साझा व्यक्ति भएका कारण यस्तो गर्नुहुदैन्थ्यो भन्ने हाम्रो भनाइ हो । यसमा हाम्रो आपत्ति छ’ कांग्रेस प्रदेश सभा सदस्य मेघराज खड्का भने- सभामुखको भूमिका र सम्भावित राजनीतिक परिदृष्यबारे छलफल गर्न अनौपचारिक रुपमा कांग्रेस संसदीय दलमा समेत छलफल भइरहेको छ ।
नागरिक उन्मुक्तिले मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिए ठूलो पार्टीको हैसियतमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुने अवस्था आउन सक्ने भन्दै प्रदेश सभापति बलायरले सांसदहरुलाई निर्देशन नै दिएका छन् ।
प्रदेश सभापति बलायरले बुधबार सुदूरपश्चिम प्रदेशमा पुरानै गठबन्धनको सरकार बन्ने दावी समेत गरेका थिए। प्रदेश सभापति एवं प्रतिनिधि सभा सदस्य बलायरले काग्रेस र एकिकृत समाजवादीको संयुक्त बैठकमा पुरानै गठबन्धनको सरकार बन्ने दावी गरेका थिए।
बलायरले भने “देश अप्ठ्यारोमा परिसकेका कारण अहिले रेशम सहितको रिहाइलाइपनि खुकुलो पारिनुपर्छ तर सुदूरपश्चिमको सरकार बनाउन काग्रेंस संबिधानसम्मत तयारनै छ, हामी यहाँको गतिबिधिलाई नजिकबाट नियालिरहेको छौ, संबिधान अनुसार जिम्मेवारी आए ढिलाई गर्दैनौँ हामी सरकार गठन गर्छौँ ।”





प्रतिकृया दिनुहोस्