नागरीक उन्मुक्तिले सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार भण्डारीलाई मतदान गर्ने

धनगढी । नागरीक उन्मुक्ति पार्टी (नाउपा) ले सभामुखमा मतदान गर्ने भएको छ । सुदूरपश्चिम प्रदेशभामा नागरीक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने भएको हो ।
सोमबार नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेशसभा बैठकमा अध्यक्ष रञ्जिता श्रेष्ठले माओवादी केन्द्रका उम्मेदवार भीम भण्डारीलाई मतदान गर्न निर्देशन दिएकी हुन् ।
यसअघि नागरिक उन्मुक्ति पार्टीले मतदान नगर्दा सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भण्डारी र कांग्रेसका उम्मेदवार मानबहादुर रावल दुबैले बहुमत ल्याउन असफल भएका थिए ।
नागरीक उन्मुक्ति पार्टी (नाउपा) ले सत्ता साझेदारका उम्मेदवार भिम भण्डारीलाई मतदान गरेपछि सभामुखमा भण्डारी निर्वाचित हुने पक्का भएको छ ।
सुदूरपश्चिम प्रदेशभामा ३० पुसमा सभामुख चयनका लागि भएको मतदानमा नागरिक उन्मुक्ति पार्टीका सांसद तटस्थ बस्दा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सकेनन् । सोमबार पुन: मतदान गर्ने कार्यसूची भएपनि राष्ट्रिय शोकका कारण बैठक बस्न सकेन । अर्को बैठक मंगलबार विहान १० बजेलाई तोकिएको छ ।
सत्ता साझेदारका नेकपा एमालेका १०, नेकपा माओवादीका ११, नाउपा ७ र राप्रपाको १ साँसदले मतदान गरे पछि भिम बहादुर भण्डारीको पक्षमा २९ जना साँसद छन ।
प्रतिपक्षमा नेपाली कांग्रेसका सभामुखका उम्मेदवार मान बहादुर रावल रहेका छन । रावलका पक्षमा २३ जना साँसद रहेका छन भने एक जना स्वतन्त्र साँसद रहेका छन ।





प्रतिकृया दिनुहोस्