नेपाल आउँदै गरेको बस लखनउमा दुर्घटना, चार नेपालीको मृत्यु

धनगढी । भारतको लखनउमा आइतबार राति बस दुर्घटना भएको छ । गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस लखनउ नजिकै उन्नाउ भन्ने ठाउँमा दुर्घटना भएको हो ।
प्रारम्भिक जानकारीअनुसार बसमा यात्रारत ४ जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा ठूलो संख्यामा यात्रुको हताहत भएको आशंका गरिएको छ । सुदूरपश्चिमका स्थानीय बसमा नेपाल आउने गर्दछन् ।
पछिल्लो विवरणअनुसार भारतबाट नेपाल आउँदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना कैलालीका र एकजना भारतीय चालक रहेका छन् ।
कैलालीको टीकापुर ज्योतिनगरका ४० वर्षीय ललित साउँद व्यवसाय क्षेत्र बस्ने वर्ष ४५ का चन्द्र साउँद रहेका छन् । अन्य दुईजनाको सनाखत हुन नसकेको कैलालीका प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।
शनिवार राति १२ बजे भारतको लखनउबा १४ किलोमिटर नेपालतर्फ यूपी उन्नाउ भन्ने स्थानमा बस दुर्घटना भएको हो । दुर्घटनामा करिब १५ जना घाइते भएको बताइएको छ । उनीहरूको उपचार भइरहेको छ । बसमा ६६ जना यात्रु रहेको खबर आएको छ ।
टीकापुरबाट भारतको गुजरात, सुरत लगायतका क्षेत्रबाट नेपालीहरुलाई ओहोरदोहोर गर्न भारतीय बसहरु सञ्चालन हुने गरेका छन् । तर उनीहरु स्वेच्छिक रुपमा सञ्चालन हुन्छन् । सुदूरपश्चिम बस व्यवसायी समिति धनगढी काउन्टरका प्रतिनिधिले समितिसँग त्यसरी भारतबाट सञ्चालन हुने बस यातायातबारे कुनै जानकारी नभएको र जवाफदेही पनि नहुने बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता जोशीले घटनाबारे अनौपचारिक जानकारी आएको भएपनि यथार्थ थाहा नभएको र बुझ्ने कार्य भइरहेको बताए । यसरी सञ्चालन हुने बस सेवाबारे आफूहरुलाई जानकारी पनि नहुने उनको भनाइ छ ।





प्रतिकृया दिनुहोस्