विद्यार्थी मृत्यु प्रकरण : धनगढीमा निषेधाज्ञा जारी

धनगढी । धनगढीमा निषेधाज्ञा लागु गरेको छ । कैलालीको धनगढीमा ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि स्थिति नियन्त्रण गर्न प्रशासनले निषेधाज्ञा लागु गरेको हो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ ‘क’) बमोजिमको निषेधाज्ञा लागु गरेको बताएका हुन ।
पिपल चौतारा दोबाटोमा सडक निर्माणको क्रममा ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि त्यहाँ लागातार प्रदर्शन भएकाले प्रशासनले अराजक गतिविधि नियन्त्रण गरी नागरिकको जनधनको सुरक्षा र सरकारी सम्पत्तिको संरक्षण गरी शान्ति सुव्यवस्था कायम गर्न निषेधाज्ञा लागु गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
पूर्वमा धनगढीको पुष्पलाल चोक, पश्चिममा रातोपुल, उत्तरमा सामुदायिक प्रहरी सेवा केन्द्रको भवन दक्षिणमा धनगढीका १ र २ स्थित हुलाकी राजमार्गमा क्षेत्रभित्र निषेधाज्ञा लागु भएको छ । मंसिर १५ गते बेलुका ७ बजेदेखि अर्को आदेश नआउन्जेलसम्म सो निषेधाज्ञा लागु हुने प्रशासनले जनाएको छ ।
धनगढी ५ पञ्चोदय मावि सनपुरको कक्षा ८ मा अध्यनरत धनगढी ५ तारानगरकी चेतना साउदलाई ग्रेडरले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।





प्रतिकृया दिनुहोस्