धनगढी उप–महानगरपालिकाको सरकारी गाडी विवाहमा प्रयोग

धनगढी । महेन्द्रनगरको मदनचोकमा सरकारी गाडी विवाहमा प्रयोग गरिएको पाइएको छ। धनगढी उप-महानगरपालिकाको सरकारी गाडी विवाहमा प्रयोग गरिएको पाइएको हो।
महेन्द्रनगरको मदनचोकमा सुदूरपश्चिम प्रदेश ०१००१ झ ०४७७ नम्बरको धागनढी उप-महानगरपालिकाको जीप विवाहमा प्रयोग गरिएको पाइएपछि सोमबार बिहान एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नियन्त्रणमा लिएका थियो। जीपको डालामा विवाहमा लैजान लागिएको तरकारी समेत भेटिएको अनेरास्ववियु कञ्चनपुरले बताएको छ।
जीपको अगाडि महिला तथा बालबालिका बसेको अवस्थामा जिप नियन्त्रणमा लिइएको हो। यता, उप-महानगरपालिकाका जिप चालक सुरेश चन्दले भने विवाहमा गाडी प्रयोग नभएको दाबी गरे। उनले परिवार र घरका लागि तरकारीमात्र गाडीमा ढुवानी गरेको जनाए।
धनगढी उप–महानगरपालिकाले उक्त जीप निर्वाचन आयोगलाई दिएको जनाएको छ। मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभा सदस्यको सामानुपातिकतर्फको मत परिणाम नआएको भन्दै आयोगले गाडी फिर्ता गरेको छैन्।





प्रतिकृया दिनुहोस्