कैलाली-५ मा पन्त १ हजार ३२० मतले अगाडि, प्रदेशमा पनि गठबन्धनको अग्रता कायमै

धनगढी । कैलाली निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डिल्लीराज पन्तले अग्रता कायम राखेका छन्। प्रतिनिधि सभा सदस्यको २८ हजार चार सय ३७ मत गणना हुँदा पन्तले ९ हजार ४३० मत पाएका छन्।
नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवार नारदमुनी रानाले मतान्तर घटाउदै लगेका छन् । पछिल्लो गणनाबाट नेपाली काँग्रेसका प्रतिनिधि सभा उम्मेदवार पन्त र एमालेका रानाका बीचको मतान्तर एक हजार ३२० मा झरेको छ ।
पन्तका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार रानाले ८ हजार ११० मत ल्याएका छन् । पन्त स्वतन्त्र उम्मेदवार पुष्कर नाथ ओझा भन्दा पाँच हजार ८२३ मतले अगाडि छन् । ओझाको तीन हजार ८२३ मत छ ।अर्का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इश्वरी विष्टको १९४८ मत छ।
निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश सभा २ मा पनि काँग्रेसका उम्मेदवार अगाडि छन्। नेपाली काँग्रेसका उम्मेदवार प्रकाशबहादुर देउवाको ५१५२ मत छ। एमालेका उम्मेदवार दुर्गा जोशीको ३१२२ मत छ।
प्रदेश क्षेत्र नम्बर २ मा १४७४६ मत गणना सकिएको छ। यो निर्वाचन क्षेत्रको प्रदेश सभा १ मा पनि गठबन्धनका उम्मेदवार अगाडि छन्। क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार रमेश सिँह धामीले अग्रता लिएका हुन्। उनको ३६०८ मत छ। एमालेका उम्मेदवार नेपालु चौधरीको २०५२ मत छ। क्षेत्र नम्बर १ मा १३९२७ मत गणना सकिएको छ।





प्रतिकृया दिनुहोस्