April 17, 2026, Friday
२०८३ बैशाख ४

कैलाली-४ मा गठबन्धनको क्लिन स्वीप

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा सदस्यमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रदेशसभा (१) र (२) मा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारी र नेपाली कांग्रेसका प्रकाश बम विजयी भएका हुन्।

प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायर विजयी भइसकेका छन्। एमालेका लेखराज भट्टलाई पराजीत गर्दै बलायर विजयी भएका हुन्।

नेकपा एमालेका भट्टलाई ३ हजार ४३८ मतान्तरले पछि पार्दै बलायर निर्वाचित भएका हुन्। बलायरले २६ हजार १७१ मत पाउँदा एमालेका भट्टले २२ हजार ५३३ मत पाएका छन्।

प्रदेशसभा (१) मा सोडारीले १३ हजार ४८९ मतसहित प्रतिद्वन्द्वी नेकपा एमालेका भीम देउवालाई पराजित गरे। देउवाले ९ हजार ४२३ मत प्राप्त गरेका छन्। उनीहरुबीचको मतान्तर ४ हजार ५६ छ। यो क्षेत्रमा ३१ हजार ५७४ मत खसेको थियो।

प्रदेशसभा (२) मा नेपाली कांग्रेसका बम एमालेकै हरिसिंह साउदलाई ५१६ मतलले पछि पार्दै विजयी भएका हुन्। बमले १२ हजार ४७३ मत प्राप्त गरे भने साउदले ११ हजार ९५८ मत पाएका छन्।