२०४६ को आन्दोलनका ‘हिरो’ वीरबहादुरको पक्षमा जनमत बढ्दै

अत्तरिया – कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य पदका लागि लोकतान्त्रिक–बाम गठबन्धनका साझा उम्मेदवार वीरबहादुर बलायरको पक्षमा जनमत बढ्दै गएको छ । २०४६ सालको जनआन्दोलनका ‘हिरो’का रुपमा चिनिएका तत्कालीन विद्यार्थी नेता वीरबहादुर बलायरको पक्षमा दिन दुई गुणा र रात चौगुणाका हिसाबले जनमत बढ्दै गएको हो ।
असोज २३ गतेका दिन उम्मेदवारी दर्ता गरेसँगै कैलाली क्षेत्र नम्बर ४ मा उनको जनमत बढ्दै गएको हो । ‘वीरबहादुर दाइको पक्षमा माहोल दिन प्रतिदिन बढ्दै गएको छ,’ क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति बसन्त रोकायाले भने,‘आफू हार्ने मानसिकताले सुरुमा विपक्षी पार्टीका केही मान्छेले वीरबहादुर दाइलाई बाहिरको मानिस भनेर आरोप लगाए पनि उहाँको पैतृक सम्पत्ति तथा घर गोदावरी नगरपालिकाको वडा नम्बर १० स्थित खमौरामै रहेको छ ।’ अहिले बलायर अत्तरियास्थित खानेपानी टंकी अगाडि रहेको घरमै बसेर आफ्नो प्रचार प्रसारमा व्यस्त रहेको उनले बताए । ‘वीरबहादुर दाइको अर्को घर गोदावरी नगरपालिका वडा नम्बर २ स्थित खानेपानी टंकी अगाडि छ, उहाँ त्यही घरमै बास बस्नुहुन्छ ।’
डोटीको लाटामाण्डौ प्राथमिक विद्यालयबाट विद्यालय शिक्षा सुरुवात गरेको बलायरले सीताराम उच्च माध्यामिक विद्यालयबाट एसएलसी पास गरेका थिए । उनले सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरबाट आइएसी गरेपछि उच्च शिक्षा हाँसिल गर्न काठमाडौँ गए । उतैबाट विद्यार्थी राजनीतिमा सक्रिय रहेका थिए । विसं. २०३३ सालदेखि राजनीतिक यात्रा सुरु गरेका बलायर २०३६ सालमा सक्रिय रुपमा लागेका थिए । पञ्चायती शासन विरुद्ध संगठित हुँदा बलायरलाई तत्कालीन सरकारले ३ वर्ष ६ महिना कैद गरेको थियो । बलायर ०४६ सालको जनआन्दोलनताका निकै चर्चित विद्यार्थी नेता थिए ।
उनी नेविसंघको राजनीतिमा एक सहासिक, निडर तथा चर्चित नेताका रुपमा विद्यार्थीमाझ लोकप्रिय थिए । त्यो बेला सुदूरपश्चिमबाट राजधानीमा पढ्न गएका विद्यार्थीहरुको सुख दुःखमा साथ दिने ‘हिरो’ नेताका रुपमा लोकप्रिय नाम थियो वीरबहादुर बलायर ।
त्रिभुवन विश्वविद्यालयमा अध्ययनका क्रममा र २०५१ सालमा काठमाडौँमा भएको उपनिर्वाचनमा बलायर खेलेको भूमिका निकै चर्चामा थियो । २०४६ सालमा त्रिभुवन विश्व विद्यालयमा विद्यार्थी आन्दोलनबाट चर्चामा आएका बलायरले २०७० सालको निर्वाचनमा डोटीको क्षेत्र नम्बर १ बाट विजयी हाँसिल गरेका थिए । गणितमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका बलायर राजनीतिक अंक गणितमा पनि ‘माहेर’ हुन् ।





प्रतिकृया दिनुहोस्