June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१

गोदावरी धाममा सरसफाई अभियान थालिने : बलायर

अत्तरिया – हिन्दू धार्मिक आस्थाको धरोहर रहेको कैलाली क्षेत्र नम्बर ४ स्थित गोदावरी तीर्थ स्थल सरसफाई गरिने भएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उम्मेदवार वीरबहादुर बलायर र प्रदेश ‘ख’ प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकाशबहादुर बमले संयुक्त रुपमा कात्तिक २८ गते बिहान ८ बजेदेखि सरसफाई अभियान थालनी गर्ने भएका हुन् ।


‘पवित्र धार्मिक स्थल गोदावरी धाम प्लाष्टिकजन्य पदार्थका साथै छरपस्ट रहेका सिसालाई संकलन गरेर धामको सौन्दर्यता उघार्नका लागि हामीले सफाई अभियान थालेका छौँ,’ नेता बलायरले भने,‘धार्मिक क्रियाकलाप गर्नका लागि प्रमुख तीर्थस्थलका रुपमा रहेको गोदावरी धाम भित्र रहेका मठ मन्दिर, आर्यघाट लगायतका क्षेत्रमा रहेको फोहोर मैला सरसफाई गर्नेछौँ ।’


उम्मेदवारसँगै लोकतान्त्रिक–बाम गठबन्धनका नेता तथा कार्यकर्ताहरु समेत परिचालन हुने बताइएको छ ।