चौमालामा आगलागीबाट एक करोडभन्दा बढीको क्षति
- Eraibar
- २०७९ कार्तिक १३, आईतवार १२:५३
- 100 Shares

धनगढी : चौमाला बजारमा आगलागी हुँदा एक करोड साढे १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । प्रहरीका अनुसार कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बजारमा छ वटा पसलमा आगलागी हुँदा एक करोड साढे १३ लाख रुपैयाँ बराबरको क्षति भएको हो ।
हिजो साँझ करिब साढे ७ बजे हिमाल मोबाइल ग्यालरीमा विद्युत सर्ट भइ आगो लागेको थियो । सो पसलमा सल्केको आगो नियन्त्रण नभएपछि अरु पसलमा पनि आगलागी भएको थियो ।
आगलागीबाट दुई वटा मोबाइल पसल, एउटा हार्डवेयर पसल, दुई वटा किराना पसल र एउटा होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
सुरक्षाकर्मी स्थानीय लगायतले गोदावरी र घोडाघोडी नगरपालिकाको दमकलको सहयोगमा ८ः१० बजे आगो नियन्त्रणमा लिएका थिए । गौरीगंगा नगरपालिकासँग दमकल नभए पछि गोदावरी नगरपालिका र घोडाघोडी नगरपालिकाको दमकल मगाइएको थियो ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
२०८३ जेष्ठ २१, बिहीबार ०९:४३ -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
२०८३ जेष्ठ २६, मंगलवार १०:२७





प्रतिकृया दिनुहोस्