सुदूरपश्चिम प्रदेशमा एमालेका ३ नेता पार्टीबाट निष्कासित
- Eraibar
- २०७९ कार्तिक ९, बुधबार २०:२१
- 45 Shares

धनगढी- नेकपा एमालेले सुदूरपश्चिमका ३ जिल्लाका ३ जना नेतालाई कारबाही गरेको छ। एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बुधबार उनीहरूमाथि कारबाही गरेको हो।
एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार पार्टीको अनुशासन उल्लङ्घन गरेको भन्दै प्रदेश कमिटीका सदस्यहरू जयराज पाण्डेय (कञ्चनपुर), प्रेम शाह (डोटी) र यज्ञराज बास्तोला (कैलाली) लाई पार्टीबाटै निकालिएको हो।
उनीहरूलाई पार्टीको विधानको धारा ८१ (१) बमोजिम साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरिएको हो।
उनीहरूले आसन्न संसदीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको एमालेको ठहर छ। एमाले सुदूरपश्चिमले पार्टी विधानको धारा ८० (६) बमोजिमको गम्भीर अनुशासन उल्लङ्घन गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको जनाएको छ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्