April 18, 2026, Saturday
२०८३ बैशाख ५

दिपावलीको समयमा पटाका बिक्रि वितरण र पड्काउन रोक, उल्लङ्घन गरे कारवाही हुने

धनगढी : स्थानीय प्रशासनले दिपावलीको समयमा पटाका बिक्रि वितरण र पड्काउन रोक लगाएको छ । स्थानीय प्रशासनले दिपावलीको समयमा पटाका बिक्रि वितरणमा र पड्काउन रोक लगाएको हो ।

साथै राति १० बजेपछि देउसी भैलो खेल्न समेत नपाइने भएको छ । रमाइलाको नाममा पटाका पड्काउदा हुने सम्भावित दुर्घटनालाई ध्यानमा राखेर पड्काउन तथा बिक्रि वितरणमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले पट्काबाट हुने वातावरण प्रदुषण, ध्वनी प्रदुषण तथा सम्भावित अप्रिय घटनालाई मध्येनजर गरेर पटका पड्काउन र बिक्रि वितरणमा रोक लगाइएको जानकारी दिएका हुन ।

कसैले त्यसको उल्लङ्घन गरेर पटाका पड्काएको पाइएमा प्रचलित कानूनअनुसार कारवाही गरिने प्रवक्ता जोशीले बताए । उनकाअनुसार राति १० बजेपछि देउसी भैलो समेत खेल्न नपाइने भएको छ ।

रातिको समयमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिदै १० बजेपछि देउसी भैलो खेल्न नपाइने प्रवक्ता जोशीले बताए । चाड पर्वका बेला हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखेर सुरक्षा योजना अन्तरर्गत जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रहरीले जनाएको छ ।