पूर्व राज्यमन्त्री ओझाद्धारा कैलाली ५ मा स्वतन्त्र उम्मेदवारी दर्ता, भण्डारीले पनि गरे ५ (ख) मा दर्ता

धनगढी : पूर्व राज्यमन्त्री पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। नेपाली कांग्रेसको कारबाहीमा परेका ओझाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन्।
गत शुक्रबार मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि ओझाले कैलालीको क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि ओझाले बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीमा मनोनयन दर्ता गरेका हुन्।
२०७४ सालको प्रतिनिधिसभा चुनावमा आकांक्षी रहेका ओझा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणालाई टिकट दिएपछि ओझा रुष्ट थिए ।
आरजु नेकपा एमालेका नारदमुनी रानासँग पराजीत भएपछि चुनावमा असहयोग गरेको भन्दै नेपाली कांग्रेसले क्रियाशिल सदस्य समेत नरहनेगरी ओझालाई कारवाही गरेको थियो ।

त्येस्तै नेपाली कांग्रेस कैलालीका युवा नेता क्षितिज भण्डारीले प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। उनले कैलाली–५ (ख) बाट प्रदेश सभाका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।





प्रतिकृया दिनुहोस्