कैलालीका एमाले अध्यक्ष थापा जिम्मेवारीबाट हटाइए, जोशीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी

धनगढी : नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।
एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने हटाएपछि दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय हो । अध्यक्ष थापालाई कारबाही गर्न एमालेको जिल्ला कमिटीले प्रदेश कमिटीलाई सिफारिस गरेको थियो ।
जिल्ला कमिटी सचिवालय बैठकले चुनावमा अन्तर्घात गरेको ठहरसहित अध्यक्ष थापालाई अनुशासनको कारबाहीको सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा प्रदेश कमिटिले थापालाई पदमुक्त गरेको हो ।
थापालाई जिल्ला ईञ्चार्जको सिफारिस, केन्द्रीय सदस्यहरुको राय र प्राप्त प्रमाणका आधारमा नेकपा एमालेको बिधानको धारा ८० को १,२,३,४,५,६,१२,१३ का आधारमा कारबाही गरिएको प्रदेश कमिटीका सचिव धर्मराज पाठकले बताए ।
प्रदेश कमिटीका सचिव पाठकका अनुसार बैठकको निर्णय अनुसार साउन १५ भित्र जिल्ला प्रतिनिधि परिषद्को बैठकले अध्यक्ष चयन गर्नेछ ।






प्रतिकृया दिनुहोस्