धनगढी उपमहानगरपालिकाले ल्यायो एक अर्ब ८३ करोड ८९ लाख २४ हजारको बजेट

धनगढी : धनगढी उपमहानगरपालिकाले अगामी आर्थिक वर्षका लागि १ अर्ब ८३ करोडको बजेट ल्याएको छ । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरमा पालिकाकी उपप्रमुख कन्दकला रानाले शुक्रबार बसेको नगरसभाको बैठकमा सो बजेट प्रस्तुत गरेकी हुन् ।

चालुतर्फ एक अर्ब तीन करोड १९ लाख ७० हजार र पुँजीगत खर्चतर्फ ८० करोड ६९ लाख ५४ हजार बजेट विनियोजन गरिएको रानाले बताइन् ।
उपमहानगरपालिकाले आन्तरिक आय २६ करोड ७९ लाख, राजश्व बाँडफाँडबाट प्राप्त हुने ४७ करोड २९ लाख, संघीय सरकारबाट अन्तर सरकार वित्तिय हस्तान्तरण हुने ९६ करोड ४८ लाख, प्रदेश सरकारबाट अन्तर सरकार वित्तीय हस्तान्तरण ३५ करोड ३४ लाख र चालु वर्षबाट १० करोड बचत हुने स्रोतबाट खर्च व्यहोर्ने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
‘क्षेत्रगत रुपमा सामाजिक विकासतर्फ सबभन्दा बढि कुल बजेटको ४० दशमलव ६४ प्रतिशत ७४ करोड ७८ लाख ३३ हजार, पूर्वाधार विकासतर्फ ४५ करोड १० लाख २४ दशमलव ५३ प्रतिशत तथा आर्थिक विकासतर्फ ७४ करोड ७८ लाख बजेट विनियोजन गरेका छु,’ बजेट प्रस्तुत गर्दै उपप्रमुख रानाले भनिन् ।
धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ मा एक अर्ब ८१ करोड २८ लाख २२ हजार एक सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो।





प्रतिकृया दिनुहोस्