कैलालीको बर्दगोरियामा सात गोरुगाडा सहित ३० गोलिया काठ बरामद, ३ जना प्रकाउ

धनगढी : कैलालीको बर्दगोरियामा सात गोरुगाडा सहित सालको ३० थान गोलिया बरामद गरिएको छ । बर्दगोरिया गाउँपालिका वडा ३ रानिकुन्डाको खल्लाखेत्बबाटआज बिहान ७ गोरु गाडामा लोड गरेर ल्याउदै गरेको अवस्थामा ३० थान सालको गोलिया बरामत गरिएको हो ।
सब डिभिजन बन कार्यलय बदगोरिया र सब डिभिजन बन कार्यलय साडेपानीको सयुक्त गस्ती टोलिले बदगोरिया गाउपालिका वडा ३ रानिकुन्डाको खल्ला खेतबाट आज बिहान ४ बजे लुकाइ छिपाइ गरि ल्याउदै गर्दा ७ वटा गोरुगाडा सहित ३० गोलिया सालका २१९.९० क्युफिट काठ सहित ३ जनालाइ प्रकाउ परेका हुन ।
सब डिभिजन बन कार्यलय बर्दगोरियाका सहायक बन अधिकृत गौचरन चौधरीको नेतृत्व मा गएको सयुक्त गस्ती टोलिले बर्दगोरिया वडा ६ बिसालनगर बस्ने ४० वर्षिय दिर्घ बि क, ३८ वर्षिय रमेश बि क र ३६ वर्षिय अर्जुन बिकलाई गोरुगाडामा ल्याउदै गरेको काठ सहित प्रकाउ गरेको र ४ जना फरार भएको बताइएको छ ।
सयुक्त गस्ती टोलिले बरामत गरिएको काठ, गोरुगाडा सब डिभिजन बन कार्यलय बर्दगोरियाको कम्पाउन्डमा राखेको छ । प्रकाउ परेका तीन जनालाइ आजै थप कानुनी कारबाहीका लागि धनगढी चलान गरिएको डिभिजन बन कार्यलय पहलमानपुर प्रमुख गोकुल रिजाललेले बताए ।
पछिल्लो समयमा प्रकाउ गरिएको यो काठको परिमाण धेरै ठूलो हो डिभिजन प्रमुख रिजालले भने- काठ चोरीको मुद्दामा अर्जुन भुल यो भन्दा अगाडि पनि प्रकाउ परेका थिए । फरार भएका ४ जनाको खोज अनुसन्धानगरी कानुनी दायरामा ल्याइने छ, डिभिजन प्रमुख रिजालले भने ।






प्रतिकृया दिनुहोस्