अख्तियारको पत्रपछि मोहन्याल गाउँपालिकाका अध्यक्ष निलम्बित, जिसस निर्वाचनमा सहभागी हुन नपाउने

धनगढी : कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय अध्यक्ष पदबाट स्वतः निलम्बनमा परेका छन् । आइतबार निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशनात्मक पत्र पठाउँदै उपाध्यायलाई कुनै पनि अधिकार प्रयोग गर्न नदिन निर्देशन दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ बमोजिम भ्रष्टाचारको आरोपमा मुद्दा चलेकोमा सो मुद्दाको किनारा नभएसम्मको अवधिभर सार्वजनिक पदधारण गरेको व्यक्ति आफ्नो पदबाट स्वतः निलम्बन हुने भएकाले यसरी निलम्बनमा भएको व्यक्तिले त्यस्तो पदको कुनै पनि अधिकार प्रयोग गर्न मिल्ने नदेखिएको व्यहोरा निर्देशनुसार अनुरोध छ’ सो पत्रमा भनिएको छ । उनी निलम्बनमा परे पछि सोमबार हुन लागेको जिल्ला समन्वय समितिको निर्वाचनमा मतदान गर्न पाउने छैनन् ।
उपाध्यायलाई यस अघि जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी नगराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन परेको थियो । समितिको उपप्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद खनालले मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीमा निवेदन दिँदै विशेष अदालतको फरार सूचीमा रहेका उपाध्यक्षलाई निर्वाचनको मतदान प्रक्रियामा सहभागी नगराउन माग गरेका थिए।
नवनिर्वाचित अध्यक्ष उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको भ्रष्टाचार मुद्दा विशेष अदालत काठमाडौंमा विचाराधीन रहेको छ ।आयोगले जेठ २४ गते नै उपाध्यायलाई निलम्बनका लागि सम्बन्धित निकायलाई पत्राचार गरिसकेको थियो ।

‘





प्रतिकृया दिनुहोस्