कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा फेरि पुष्पराज कुँवर निर्वाचित

धनगढी : कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः पुष्पराज कुँवर विजयी भएका छन् । प्रतिद्वन्द्वी सुरेन्द्र राठीलाई राठीलाई ३२३ मतले पराजित गर्दै कुँवर दोहोरिएका हुन् ।
कुँवरले ६७८ मत प्राप्त गरेर विजयी हुँदा राठीले ३५५ मत पाए । शनिबार भएको संघको चुनावमा एक हजार ९५ मत खसेको थियो ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझा, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त, महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा भीमराज ओझा अब्बु र सचिवमा सुरेश पाण्डेय विजयी भएका छन् ।
यस्तै सदस्यहरुमा अम्बिका भण्डारी, कबिन्द्र पन्त, कृष्णाकुमारी बिष्ट, कोपिला कुँवर, तिलकबहादुर बोहरा, प्रकाश चन्द, बाशुदेव भट्ट, मिलन कुँवर, रबि कुँवर, राधिकाकुमारी चौधरी, रिता जोशी, रुपेश खड्का, लोकराज भट्ट, शम्भु लामिछाने, श्यामराज जोशी, सुरेन्द्रबहादुर कडायत र सुरेन्द्रकुमार बोहरा निर्वाचित भएका छन्।





प्रतिकृया दिनुहोस्