सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा खुल्यो भाटभटेनीको २३औं शाखा

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको धनगढीमा आजबाट भाटभटेनीको शाखा खुलेको छ । कैलालीको धनगढीमा भाटभटेनीको २३औं शाखाको शुक्रबार उद्घाटन गरिएको हो ।
भाटभटेनीले सुपथ मूल्यमा राम्रा सामग्री उपलब्ध गराउने प्रतिवद्धता सहित ग्राहकहरुको सन्तुष्टिका कारण आफुहरुले कैलालीको धनगढीमा शाखा बिस्तार गरेको भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले बताए ।

उनले देशभर नै भाटभटेनीका शाखा पु¥याउने आफूहरुको लक्ष्य रहेको भए पनि अहिले २३औं शाखा धनगढीमा सञ्चालनमा ल्याउन पाउँदा खुसी लागेको बताए ।
धनगढीमा करिब डेढलाख स्क्वायर फिटमा नयाँ शाखा सञ्चालनमा ल्याइएको हो । त्यसमा केएफसी, पेपे पिजालगायतका आउटलेट पनि रहेका छन् ।
भाटभटेनीको २३औं शाखाको धनगढीमा उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, धनगढी उपमहानगरका मेयर गोपाल हमाल, भाटभटेनीका अध्यक्ष गुरुङलगायतको उपस्थिति रहेको छ ।
यसअघि भाटभटेनीको २२औं शाखा ललितपुरको सानागाउँमा केहीदिनअघि उद्घाटन गरिएको थियो । त्यसअघि काठमाडौंको टोखा, मकवानपुरको हेटौंडामा शाखा सञ्चालनमा ल्याइएको छ ।





प्रतिकृया दिनुहोस्