सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम जेठ २२ गते प्रस्तुत हुने

धनगढी : सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम जेठ २२ गते प्रदेश सभामा प्रस्तुत हुने भएको छ । सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ २२ गते हुने सभामुख अर्जुनबहादुर थापाले जानकारी दिएका हुन ।
प्रदेश सभामा प्रदेश प्रमुख देवराज जोशीले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ २२ गते प्रस्तुत गर्ने सुदूरपश्चिम प्रदेशका सभामुख थापाले बताएका छन् ।
यसैगरी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले प्रदेश सभामा पेश गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथिको छलफल सकिएको छ ।
सो विधेयकमाथि तीन दिनसम्म छलफल गरिएको थियो । छलफलमा भाग लिएका प्रदेश सभा सदस्यहरुले विनियोजन विधेयकअनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट आउनु पर्नेमा जोड दिएका छन् । प्रदेश सरकारले किसानका लागि बीउबिजन, रासायनिक मलको शीघ्र व्यवस्था गर्नुपर्नेमा जोड छन् ।
विधेयकमाथिको अन्तिम दिनको छलफलमा प्रदेशसभा सदस्यहरु चुनकुमारी चौधरी, माया तामाङ, कृष्णराज सुवेदी, वीरमान चौधरी, कुमारी नन्दा बम र माया भट्टले भाग लिएका थिए ।





प्रतिकृया दिनुहोस्