धनगढीमा १ नम्बर वडाको पूर्ण गणना सहित २, १९ र १८ नम्बरको गणना जारी रहँदा हमालकै अग्रता
- Eraibar
- २०७९ जेष्ठ १, आईतवार २१:०२
- 77 Shares

धनगढीः सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम राखेका छन्। सुरुवातदेखि नै अग्रता लिएका हमालले वडा नम्बर १ मा मात्रै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडभन्दा ८ सय बढी मत पाएका छन्।
यस्तै वडा नम्बर २, १८ र १९ मा पनि गणना सुरु भएकोमा ती वडामा पनि काँग्रेसका उम्मेदवार वडभन्दा बढी मत पाएका छन्। अहिलेसम्म ५ हजार ५२६ मतगणना हुँदा हमालले २ हजार ४३९, वडले १ हजार ४४६ र एमालेका रणबहादुर चन्दले ४९० मत पाएका छन्।
यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले लिड यथावत राखेकी छिन्। उनलाई स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारी र एमालेकी कन्दकला रानाले पछ्याइरहेका छन्।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
२०८३ जेष्ठ २१, बिहीबार ०९:४३ -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
२०८३ जेष्ठ २६, मंगलवार १०:२७





प्रतिकृया दिनुहोस्