April 18, 2026, Saturday
२०८३ बैशाख ५

कैलालीमा तीन दलीय गठबन्धनका आधिकारिक उम्मेदवार सार्वजनिक

धनगढी : सत्तारुढ गठबन्धनले कैलालीमा आधिकारिक उम्मेदवार सार्वजनिक गरेको छ। कैलालीमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबिच मात्रै गठबन्धन भएको हो।

सत्ता गठबन्धनले बुधवार एक विज्ञप्तिमार्फत आधिकारिक उम्मेदवार सार्वजनिक गरेको छ । तीन दलीय गठबन्धनबाट धनगढीको प्रमुखमा नृपबहादुर वड र उपप्रम्रखमा शान्ती अधिकारीले उम्मेदवारी दर्ता गरिसकेका छन् । यस्तै गोदावरी नगरपालिमा काँग्रेसका तर्फबाट प्रम्रखमा वीरेन्द्र भट्ट छन् भने उपप्रम्रखमा एकीकृत समाजवादीका तर्फबाट रत्ना कडायतले उम्मेदवारी दर्ता गराएकी छिन् ।

घोडाघोडी नगरपालिकामा एकीकृत समाजवादीका तर्फबाट नगर प्रमुखमा खडक रावतलाई उम्मेदवार बनाइएको भने नेपाली काँग्रेसबाट उपप्रम्रखमा गुलिया देवी चौधरीलाई उम्मेदवार बनाइएको छ ।

लम्की चुहा नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट प्रम्रखमा सुशीला शाहीलाई उम्मेदवार बनाइएको छ, भने माओवादी केन्द्रका तर्फबाट उपप्रम्रखमा जानकी सिंहले उम्मेदवारी दर्ता गराएकी छिन् ।

यस्तै टिकापुर नगरपालिकामा प्रम्रखमा काङ्ग्रेसबाट नवराज रावतलाई र उपप्रम्रखमा खडक शाहीलाई उम्मेदवार बनाइएको छ । भजनी नगरपालिकामा माओवादीका तर्फबाट प्रम्रखमा शेर बहादुर चौधरीलाई र काँग्रेसका तर्फबाट उपप्रम्रखमा गोकेन्द्र भण्डारीलाई उम्मेदवार बनाइएको छ ।

गौरीगङ्गा नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट प्रम्रखमा देवदत्त कँडेललाई र उपप्रम्रखमा भोज बहादुर बमलाई उम्मेदवार बनाइएको छ । चुरे गाउँपालिकाको अध्यक्षमा समाजवादीबाट लोक बहादुर सारुमगर र उपाध्यक्षमा धना थापालाई काँग्रेसबाट उम्मेदवार बनाइएको छ । यस्तै जानकी गाउँपालिकामा नेपाली काँग्रेसका तर्फबाट अध्यक्षमा परशुराम महतो कठरियालाई र माओवादीका तर्फबाट उपाध्यक्षमा जय प्रकाश दहितलाई आधिकारिक उम्मेदवार बनाइएका छ ।

जोशीपुर गाउँपालिकाको अध्यक्षमा काँग्रेसका तर्फबाट बशराम कठरियालाई र माओवादी केन्द्रबाट उपाध्यक्षमा दीर्घ विनाडीलाई आधिकारिक उम्मेदवार बनाइएको छ ।

यस्तै कैलारी गाउँपालिकाको अध्यक्षमा माओवादीबाट लाजुराम चौधरी र काङ्ग्रेसबाट उपाध्यक्षका लागि भगवती कुमारी चौधरीलाई आधिकारिक उम्मेदवार बनाइएको तीन दलीय गठबन्धनले जारी गरेको प्रेस विज्ञप्ति जनाएको छ।

मोहन्याल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट देवीदत्त उपाध्याय र काँग्रेसबाट उपाध्यक्षमा कमल बहादुर साउदलाई उम्मेदवार बनाइएको छ । र वर्दगोरिया गाउँपालिकाको अध्यक्ष पदका लागि काँग्रेसबाट शेर बहादुर कठरिया र माओवादीका तर्फबाट उपाध्यक्षका लागि गणेश गिरीलाई आधिकारिक उम्मेदवार बनाएको छ।

तीन दलीय गठबन्धनले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ। उम्मेदवारी फिर्ता नलिए कार्वाही गरीने समेत जनाएको छ ।