भूमिहिन सुकम्वासीलाई लालपूर्जा वितरण, भागरथी बनिन् ८० बर्षको उमेरमा जग्गाधनी

धनगढी : धनगढी उप–महानगरपालिका वडा नं ९ कि भागरथी नेपालीले ८० बर्षको उमेरमा जग्गाधनी भएकी छन् । धनगढी उपमहानगरपालिकाले सुरु गरेको भूमिहिन दलित, सुकम्वासी र अब्यबस्थीत बसोवासीहरुलाई जग्गा वितरणको अभियान अन्तरगत भागरथीले लालपूर्जा पाएकी हुन ।
बिगत ७० बर्ष देखि धनगढीको बंङ्ग्राकटानमा बस्दै आएकी भागरथी जग्गा धनी भएपछि निकै खुसी थिईन । ‘ऐलानी जग्गामै बसेर जीवन बिताईयो भगरथीले भनिन्,“बुढेसकालमा भएपनि मलाई जग्गा धनी बनाउनेलाई मेरो आर्शिवाद फलोस ।” भागरथीले आफु बस्दै आएको आएको १६ धुरको लालपूर्जा पाएकी हुन ।
जग्गा भोग चलन गरेको ४० बर्ष पछि लालपूर्जा पाएकोमा बंङ्ग्राकटानकै दुर्गा देवी पार्किमा पनि खुसीको सिमा थिएन । पटक पटक सरकार संग बिन्ती चढायौ आश्वासन मात्रै दिए दुर्गाले भनिन्, “अहिले गएर जग्गाको मालिन हुन पाईयो ।”
भागरथी र दुर्गा मात्रै नभएर शुक्रवार धनगढी उपमहानगरपालिका वडा नं ९ का २२ परिवारलाई नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवा र धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले लालपूर्जा हस्तान्तरण गरेका हुन ।
धनगढी उपमहानगरपालिकाले शुक्रवार देखि नै १९ वटै वडाका भूमिहिन दलित, सुकम्वासी र अब्यबस्थीत बसोवासीहरुलाई लालपूर्जा दिने गरि अभियान सुरु गरेको छ । भूमिहिन दलितहरुलाई लालपूर्वा वितरणको पवित्र कार्यमा उपस्थित हुन पाउदा निकै खुसी लागेको छ, कांग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले भनिन्, “लालपूर्जा पनि अधिकांस महिलाहरुका नाममा छ ।” नेपाली कांग्रेसले गरको प्रतिवद्धता अनुसार नै भूमिहिन र सुकम्वासीले लालपूर्जा पाएकाको नेतृ देउवाले बताईन ।
धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले निर्वाचनको समयमा गरेको प्रतिवद्धता अनुसार नै भूमिहिन दलित, सुकम्वासी र अब्यबस्थीत बसोवासीहरुलाई जग्गा वितरण गरिएको बताए । उनले भने, “ सुदूरपश्चिमका ८८ वटा स्थानीयतहहरु मध्य पहिलो पटक भूमिहिन दलित, सुकम्वासी र अब्यबस्थीत बसोवासीहरुलाई जग्गा वितरण गर्ने धनगढी उपमहानगरपालिका नै हो । ”
धनगढी उपमहानगरपालिकाका १९ वटै वडाका भूमिहिन दलित, सुकम्वासी र अब्यबस्थीत बसोवासीहरुले जग्गाधनी प्रमाणपत्र पाउने गरि काम वितरणको काम सुरु गरेका छौ नगरप्रमुख वडले भने, “छनोटमा परेका सबैले लालपूर्जा पाउने छन् ।” आफुहरु धनगढीमा निर्वाचित भए पछि मात्रै पनि वडा कार्यालयहरु, स्वास्थ्य संस्था, सडक लगायत थुप्रै काम गरेको बताउदै नगरप्रमुख वडले भने, “ आफुले पदमा हुदा र नहुदा सधै जनताको सेवकको रुपमा काम गरेको बताए ।”
भूमी आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले कैलालीका अन्य स्थानीयतहमा पनि जग्गाधनी पूर्जा वितरणको काम चाडै सुरु गरिने बताए । उनले भने, “बास्तविक भूमिहिन दलित, सुकम्वासी र अब्यबस्थीत बसोवासीहरु छुट्नु हुदैन भन्ने हाम्रो धारणा हो ।”





प्रतिकृया दिनुहोस्