June 14, 2026, Sunday
२०८३ जेष्ठ ३१

एमालेसँग राजनीतिक एकता तथा चुनावी तालमेल हुँदैन- डा. वेदुराम भुषाल

धनगढी : नेकपा एकीकृत समाजवादीका महासचिव डा. वेदराम भुसाले एमालेसँग चुनावी तालमेल नहुनेबताएका छन् । धनगढीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव भुसालले यस्तो बताएका हुन् ।

आज धनगढीमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव भुषालले आफ्नो पार्टीले एमालेसँग कुनै पनि किसिमको राजनीतिक एकता तथा चुनावी तालमेल वा सहकार्य नहुने बताएका हुन् ।

भुषालले एमाले सरकारमा हुँदा केपी शर्मा ओलीले नेपालको संविधानलाई कुल्चिएर संसद विघटन गरी नेपाली जनतालाई अँध्यारोमा धकेलेको, तानाशाही शासन संविधान विपरीत काम गरी इतिहास कायम गरेको हुनाले आफ्नो पार्टीको सहकार्य हुन नसक्ने बताए ।

‘एमालेबाट विद्रोह गरेर आफूले निर्माण गरेको पार्टीमा देशव्यापी लहर चलेको छ,’उनले भने,’आगामी निर्वाचनमा आफ्नो पार्टीको अग्निपरीक्षा भएकाले त्यसको तयारीमा केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिए ।’