नवजीवन सहकारी संस्था धनगढीको अध्यक्षमा बम विजयी, को-को भए निर्वाचित ?

धनगढी : नवजीवन सहकारी संस्थाको अध्यक्षमा देव बहादुर बम विजयी भएका छन । देशकै पहिलो सहकारी सस्था रहेको नवजीवन सहकारी संस्था धनगढीको २८औं साधारण सभाबाट अध्यक्षमा बम विजयी भएका हुन्।
अध्यक्षका अर्का उम्मेदवार रतनबहादुर कठायतलाई बमले एक हजार ३ सय मत बढीले पराजित गरेका हुन । विजयी बमले ८ हजार ३९१ मत प्राप्त गरेका छन भने कठायतले ७ हजार ८३ मत प्राप्त गरेका थिए ।
त्यस्तै सहकारीको उपाध्यक्षमा ७ हजार ३२९ मतका साथ चेतराज ओझा विजयी भएका छन । उपाध्यक्षका प्रत्यासी भरतराज जोशीले ६ हजार ८२७ मत प्राप्त गरेका थिए । उपाध्यक्षका प्रत्यासी भरतराज जोशीले ६ हजार ८२७ मत प्राप्त गरेका थिए ।
यसैगरी सदस्यहरूमा इन्दिरा जैशी (८३११), उत्तम जोशी (६९२४), गोपालराज पाठक (६८५७), केशवराज मिश्र (६७८०), डा. महेशराज बिष्ट (६६३०), घन बहादुर शाह (६६११), उपेन्द्र बिष्ट (६४७७), शिवकुमार जोशी फुलारा (६३६४), गणेश बम (६१७२), जयराज जोशी (६१०२) र बिश्वनाथ ओझा (६०१५) मतका साथ बिजयी भएको प्रमुख निर्वाचन अधिकृत डा. लोक बहादुर बिष्टले बताए ।
त्यसैगरी सहकारीको लेखा सुपरिवेक्षणको संयोजकमा चेतराज जोशी (७१६५) निर्वाचित भएका छन । लेखा सुपरिवेक्षण सदस्यद्वयमा गणेश प्रसाद उपाध्याय (७१४१) र लक्ष्मीराज पन्त (७०१५) विजयी भएका छन । निर्वाचन समितिका अनुसार सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा १७ हजार ८० मत खसेको थियो।
सहकारीको नेतृत्वको लागि फागुन २८ गते सम्पन्न निर्वाचनमा बम र कठायतको नेतृत्वमा दुई प्यानल चुनावी मैदानमा उत्रिएका थिए। कैलालीको धनगढीमा केन्द्रीय कार्यालय रहेको नवजीवन सहकारी संस्था २०५० साल बैशाख १५ गते सहकरी विभागमा दर्ता भई सञ्चालनमा रहेको छ ।
सहकारीको धनगढीमा केन्द्रीय कार्यालय रहेको छ भने कैलालीको अत्तरीया, सुख्खड, टीकापुर, जोशीपुर, चौमाला, राजपुर, हसुलिया, बर्दियाको बासगढी र कञ्चनपुरको आईविआरडीमा शाखा कार्यालय रहेको छ ।






प्रतिकृया दिनुहोस्