April 18, 2026, Saturday
२०८३ बैशाख ५

कैलालीमा थपिए ६६ हजार बढी मतदाता, अन्तिम नामावली चैत्र १३ गते प्रकाशन गर्ने

धनगढी : कैलाली जिल्लामा ६६ हजार बढी मतदाता थपिएका छन् । २०७४ सालको निर्वाचनपछि अहिले ६६ हजार ९ सय ७० जना मतदाता थपिएको हो ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार २०७४ सालको निर्वाचनमा कैलाली जिल्लामा ४ लाख ६० हजार ५ सय ७८ जना मतदाता रहेका थिए । अहिले त्यो सङ्ख्या बढेर ५ लाख २७ हजार ५ सय ४८ पुगेको प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिएका हुन ।

निर्वाचन कार्यालय प्रमुख भट्टका अनुसार अहिले मतदाता नामावलीमा नाम भएका तर जीवित नभएका व्यक्तिहरूको नाम हटाउने कार्य जारी रहेकाले अहिलेको सङ्ख्यामा १ र २ हजार मतदाता घट्न सक्ने सम्भावना रहेको छ ।

प्रदेश निर्वाचन कार्यालय धनगढीले मतदाताको अन्तिम नामावली आउँदो चैत्र १३ गते प्रकाशन गर्ने तयारी गरेको समेत प्रमुख भट्टले बताएका छन ।