April 18, 2026, Saturday
२०८३ बैशाख ५

कैलाली काँग्रेसद्वारा १५ जना जनप्रतिनिधि पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस

धनगढी : नेपाली काँग्रेस कैलालीले १५ जना जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ। नेपाली काँग्रेस कैलालीले तीन वडाध्यक्षसहित १५ जना जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको हो।

नेपाली काँग्रेस कैलालका अनुसार १५ जना जनप्रतिनिधिले काँग्रेस त्यागेर अन्य राजनीतिक दलमा पार्टी प्रवेश गरेको भन्दै उनीहरुलाई पार्टीबाट पदमुक्त गरी जनप्रतिनिधि रहेको पद पनि खारेजीको माग गर्दै निर्वाचन आयोगलाई सिफारिस गरेको जनाएको छ।

सिफारिस गरिएका जनप्रतिनिधिहरुमा टीकापुर नगरपालिका १ का वडाध्यक्ष लालवीर चौधरी, ३ का वडाध्यक्ष रामसेवक महतो र ५का वडाध्यक्ष रामशंकर डगौरा थारु रहेका छन्।

त्यस्तै, सोही नगरपालिकाका कार्यपालिका सदस्य रमेश बिक, वडा नम्बर ३ का वडा सदस्य बिना थारु, भागिदेवी कामी, वडा नम्बर ४ का सदस्य तुलसादेवी बिक, प्रेमलाल चौधरी, रुपमति डगौरा थारु, वडा नम्बर ५ का सदस्य बलबरि थारु (चौधरी) कन्हैया चौधरी, आशा थारु, सरिता भुल र वडा नम्बर ६ का वडा सदस्य रामशंकर चौधरी र जमूना चौधरी रहेका छन्।

नेपाली काँग्रेस कैलाली, टीकापुर नगर कार्यसमितिको माघ १४ गतेको निर्णय, क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ कार्यसमितिको सिफारिस, क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिले माघ १८ गतेको सिफारिस पत्रअनुसार जिल्लाका कार्यवाहक सभापति प्रकाश बमले निर्वाचन आयोगमा सिफारिस पठाएका हुन्।