सुदूरपश्चिम प्रदेशमा थप ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु
- Eraibar
- २०७८ माघ १३, बिहीबार २०:१६
- 73 Shares

धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार ६०६जनाको एन्टिजेन र ३ सय ७ जनाको पीसीआर परीक्षण गर्दा आज ५५८जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य निर्देशनालयका अनुसार आज संक्रमण पुष्टि भएकामध्ये १०० जना भारतबाट फर्केका नागरिक हुन्। आज सुदूरपश्चिम प्रदेशका नाका भएर ९१८ जना स्वदेश फर्केका छन्।
निर्देशनालयका अनुसार प्रदेशमा ४ हजार ९९२ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये ११७ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।
सुदूरपश्चिम प्रदेशमा थप एक संक्रमितको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका–५ का ६२ वर्षीय पुरुषको सेती अस्पतालमा मृत्यु भएको हो।

- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
२०८३ जेष्ठ २१, बिहीबार ०९:४३ -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
२०८३ जेष्ठ २६, मंगलवार १०:२७





प्रतिकृया दिनुहोस्