कैलालीमा स्मार्ट लकडाउन, आज रातिदेखि लागू हुने (आदेशसहित)

धनगढी : कोरोना संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कैलालीले १२ बुँदे आदेश जारी गरेको छ । कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले स्मार्ट लकडाउन सहित कडाइ गरेको हो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले आज राती १२ बजेदेखि लागु हुनेगरी अनिश्चितकालका लागि स्मार्ट लकडाउन आह्वान गरेका हुन्।
कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस एवं गृहमन्त्रालयको निर्णय, सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी उक्त आदेश जारी हो ।
अब सार्वजनिक स्थलमा मास्कको प्रयोग र साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउन प्रशासनको आदेश छ । भिडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाइएको छ । सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला हुन पाइने छैन ।
सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने नियम लागु गरिएको छ । माघ १५ सम्म विद्यालय बन्द रहनेछन् । पूर्वनिर्धारित सेमेस्टर तथा वार्षिक परीक्षाहरूको हकमा स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाई व्यवस्थागरी सञ्चालन गर्न अनुमति दिइएको छ ।
सार्वजनिक स्थान होटल, रेस्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायतमा जाँदा आगामी माघ ७ गतेदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड ९मोबाइलमा फोटो भए पनि हुने० साथमा राखेको हुनुपर्ने आदेशमा उल्लेख छ।







प्रतिकृया दिनुहोस्