April 24, 2026, Friday
२०८३ बैशाख ११

डोटीमा मोटरसाइकलको ठक्करले एकको मृत्यु

डोटी, कार्तिक १८ (ई-रैवार)

डोटीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। दिपायलबाट डडेल्धुरा जाँदै गरेको लु ६५ प १५२० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ६५ वर्षीया कृष्णादेवी कार्कीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दिपायलबाट डडेल्धुरा जाँदै गरेको लु ६५ प १५२० नम्बरको मोटरसाइकलले केआईसिंह राजमार्गमा ठक्कर दिँदा शिखर नगरपालिका–७ सेटीगाउँकी ६५ वर्षीया कृष्णादेवी कार्कीको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट बुधबार घाइते भएकी उनलाई थप उपचारका लागि धनगढी ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

ठक्कर दिने चालक दिपायल सिलगढी नगरपालिका–२ पुन्यपाटाका २५ वर्षीय ध्रुव कडायत र मोटरसाइकललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।