June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१

बैतडीमा पन्ज्युनयाँ टि–२० क्रिकेट कात्तिक ७ बाट

बैतडी, कार्तिक ५ (ई-रैवार)

दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिता यही कात्तिक ७ गतेबाट हुने भएको छ। सुशितम युवा क्लब पन्ज्युनयाँको आयोजनामा हुने प्रतियोगिताको विजेताले ७७ हजार ७७७ नगद पुरस्कार पाउनेछ।

यस्तै उपविजेताले ३३ हजार ३३३ पुरस्कार पाउनेछ। यसका साथै म्यान अफ द सिरिजलाई पाँच हजार ५५५, बेस्ट बलर र बेस्ट ब्यास्टम्यानलाई समान रु तीन हजार ३३३ पाउने क्लबका सदस्य गोपाल कार्कीले जानकारी दिए। दोगडाकेदार गाउँपालिका–६ पन्ज्युनयाँमा रहेको पन्ज्युनयाँ खेल मैदानमा सञ्चालन हुने खेल पावरप्लेअनुसार खेलाइने जनाइएको छ।

क्लबले आजसम्मका लागि टिम दर्ता खुला गरेको छ। सोका लागि टिम दर्ता शुल्क सात हजार तोकिएको छ। सहभागी हुने टिममा एउटै वडाका मात्रै खेलाडी हुनुपर्ने जनाइएको छ। यसअघि पहिलो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कपको उपाधि दोगडास्टार क्लबले हात परेको थियो। रासस