जिल्ला डोटी अस्पतालको एम्बुलेन्स बाटोमै थन्कियो

डोटी, साउन २ (ई–रैवार)
डोटी जिल्ला अस्पतालको एम्बुलेन्स बिच बाटोमै अलपत्र अवस्थामा रहेको छ । बिरामी बोकेर असार २५ गते धनगढी जाँदा बिग्रिएको एम्बुलेन्स बाटोमै अलपत्र अवस्था रहेको हो ।
जिल्ला अस्पताल डोटीमा कार्यरत एक कर्मचारी बिरामी भएपछि थप उपचारका लागि धनगढी लैजाने क्रममा उक्त एम्बुलेन्स डडेल्धुराको साहुखर्क भन्ने स्थानमा बिग्रिएको थियो ।
एम्बुलेन्स बिग्रेपछि चालकले निजी कार बोलाएर बिरामीलाई धनगढी र्पुयाएका थिए । चालक डम्बर पाली बिरामीलाई धनगढी र्पुयाएर डोटी पुगिसकेका छन् तर एम्बुलेन्स बिच बाटोमै अलपत्र अवस्थामा छ । चालक पालीले एम्बुलेन्सको क्राउन बिग्रेका कारण थन्किएको बताए ।
नेपाल भारत मैत्री संघले उपलव्ध गराएको से १ झ २१० नम्बरको उक्त एम्बुलेन्स थन्किँदा पनि सम्बन्धित निकायले मर्मतका लागि पहल गरेको छैन । बेवारिसे अवस्थामा छोडिएको एम्बुलेन्सका अन्य पाटपूर्जा पनि चोरी हुन सक्ने स्थानीयहरुले बताएका छन् ।





प्रतिकृया दिनुहोस्