April 25, 2026, Saturday
२०८३ बैशाख १२

डोटीको शिखर नगरपालिकामा आँप प्रदर्शनी

एकेन्द्र चन्द

डोटी, साउन १ (ई–रैवार)

डोटीमा आँप प्रदर्शनी गरिएको छ । डोटीको शिखर नगरपालिका वडा न २ मुडेगाउको कालागाडमा आँप प्रदर्शनी गरिएको हो ।

शिखर नगरपालिकाका विभिन्न गाउँमा किसानले उत्पादन गरेका आँप प्रदर्शनीमा राखियका हुन । आँप उत्पादनको पकेट क्षेत्र मानिय पनि गत बर्ष कोरोना महामारिले गर्दा लकडाउन गरिए पछि किसानले उत्पादन गरेका आँप बारिमै कुहिएको थियो । यस बर्ष भने किसानहरुले उत्पादन गरेका आँप बजारमा आँप आएका हुन ।

शिखर नगरपालिकामा उत्पादन गरिका आँप डोटीको मुख्य ब्यापारिक केन्द्र दिपायल, सिलगढि गोपघाट, बान्डुरिसैन लगायतका बजार क्षेत्रमा बिक्रि हुँदै आएका छन ।

किसानले उत्पादन गरेका आँपलाई उचित मूल्य सहित बजार ब्यवस्थापनको लागि आफुले सक्दो प्रयास गरिरहेको र आगामी दिनमा पनि किसानको पिरमार्का बुझेर काम गर्ने शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले बताए ।