April 25, 2026, Saturday
२०८३ बैशाख १२

पहिरोमा च्यापिएर डोटीमा दुई बालकको मृत्यु

डोटी, असार ३ (ई-रैवार) 

पहिरोमा च्यापिएर डोटीमा दुई बालकको मृत्यु भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ का ७ वर्षीय बालक बिनोद भण्डारी र ११ वर्षीया बालिका जेनिशा विष्टको बिहीबार मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बाख्रा चराउन गाउँ नजिकैको चिसापानी वनमा गएका उनिहरु पहिरोमा पुरिएका हुन् । दुबै जनाको घटना स्थलमै निधन भएको जनाएको छ ।

पानी परिरहेको समयमा ओत लाग्न ओडारमा बसेका उनिहरुलाई माथिबाट आएको पहिरोले पुरेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख दानबहादुर मल्लले जानकारी दिए । पहिरोमा पुरिएका उनिहरुलाई प्रहरी र स्थानीयले निकालेका छन् ।