April 24, 2026, Friday
२०८३ बैशाख ११

पहिरो जाँदा अवरुद्ध भएको भीमदत्त राजमार्ग खुल्यो

डोटी,असार १ (ई-रैवार) 

लगातारको वर्षातका कारण पहिरो जाँदा अवरुद्ध भएको भीमदत्त राजमार्ग खुलेको छ। वर्षातका कारण भीमदत्त राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको थियो ।

डोटीको गैरा बजार नजिक गएको पहिरो दुई डोजर प्रयोग गरेर पन्छ्याइएको इलाका प्रहरी चौकी गैराले जनाएको छ।

सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको थियो।