ह्युमानिटी फाउण्डेसनले बैतडीमा ४५ थान अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री पठायो

धनगढी, जेठ १८ (ई-रैवार)
ह्युमानिटी फाउण्डेसन नेपालले बैतडी जिल्लाका लागि ४५ थान अक्सिजन सिलिण्डर, ५० हजार थान मास्क लगायत स्वास्थ्य सामाग्री पठाएको छ । पहिलो चरणमा एक साताअघि ३० सिलिण्डर अक्सिजनका नयाँ सिलिण्डर पठाएको ह्युमानिटी फाउण्डेसनले थप सामग्री पठाएको हो ।
कोरोना संक्रमितहरुको जीवन रक्षाका लागि निशुल्क अक्सिजन अभियान सञ्चालन गर्दै आएको ह्युमानिटी फाउण्डेसन नेपालले बैतडी जिल्लाका लागि ४५ थान अक्सिजनका नयाँ सिलिण्डर, ५० हजार थान मास्क १२ थान बेड, १२ थान मेट्रेस, १२ थान तकिया, १२ थान तन्ना पठाएको छ ।
पूर्व अर्थ राज्यमन्त्री दामोदर भण्डारीको आग्रहमा फाउण्डेसनले बैतडीका लागि अक्सिजन, बेड, मास्क लगायतका सामग्री पठाएको बताएको छ ।
ह्युमानिटी फाउण्डेसनले शंकर ग्रुप, ईन्फिनिटी होल्डिङ्स, हामी नेपाली, हमार फाउण्डेसन, हाम्रो सानो प्रयास नेपाल लगायत बिभिन्न संघसंस्था र व्यक्तिको सहयोगमा निशुल्क अक्सिजन अभियान, अक्सिजन बैंक र सुदूर पश्चिमका स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ ।





प्रतिकृया दिनुहोस्