डोटी अस्पतालमा आज २३ जनामा कोरोना पुष्टि, एकको मृत्यु
- Eraibar
- २०७८ बैशाख २४, शुक्रबार १७:२४
- 38 Shares

डोटी, वैशाख २४ (ई-रैवार)
जिल्ला अस्पताल डोटीमा आज थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल डोटीका अनुसार पछिल्लो २४ घण्टामा ५४ पीसीआर परीक्षणमा १८ र २८ एन्टिजेन परीक्षणमा ५ जनागरी २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख उद्बब बहादुर ठगुन्नाका अनुसार दिपायल सिलगढी नगरपालिकामा ४, शिखर नगरपालिकामा २, केआइृ सिह गाउपालिकामा १२, पुर्बिचौकी गाउपालिकामा १, जोरायल गाउपालिकामा २ र बोगटान फुड्सिल गाउपालिकामा २ जनागरी २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
डोटीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रेडियो नेपाल दिपायलमा कार्यरत ३२ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

-
तेलको मूल्य बढ्ने सूचना पम्पलाई चुहाएर आयल निगमलाई करोडौं नोक्सानी
२०८३ बैशाख ११, शुक्रबार ००:२७ -
आज लोकतन्त्र दिवस : २० वर्षअघि ‘जनता जितेको’ दिन
२०८३ बैशाख ११, शुक्रबार ०७:३१ -
सुदूरपश्चिममा १८ हजार मेगावाट जलविद्युत सम्भावना, तर एक प्रतिशत पनि छैन उत्पादन
२०८३ बैशाख ११, शुक्रबार ००:५१ -
सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा लुको लहर चल्ने पूर्वानमान
२०८३ बैशाख ११, शुक्रबार ०७:४८ -
नयाँ वर्षमा विपद् : १० दिनमै १९ जनाको ज्यान गयो
२०८३ बैशाख ११, शुक्रबार ००:३६





प्रतिकृया दिनुहोस्