April 24, 2026, Friday
२०८३ बैशाख ११

डोटीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

डोटी, वैशाख २४ (ई-रैवार)

डोटीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रेडियो नेपाल दिपायलमा कार्यरत ३२ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

जिल्ला अस्पताल डोटीका सूचना अधिकारी अमरसिंह भाटले २२ गते अस्पतालमा भर्ना भएका उनको जिल्ला अस्पतालबाट रिफर गरि बाटोमा लैजादै गर्दा शुक्रबार बिहान निधन भएको बताए ।  सप्तरी घर भएका उनी रेडियो नेपाल दिपायल कार्यरत थिए ।

सूचना अधिकारी भाटका अनुसार उनको अक्सिजनको सहारामा उपचार भइरहेको थियो । भेन्टिलेटरकाे आबस्यकता परेपछि रिफर गरिएको थियो ।

यो सँगै डोटीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । यस अघि बुधबार आदर्श गाउँपालिका–२ का ६२ वर्षीय पुरुषको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।