अमरगढी नगरपालिकाले सवारी साधनलगायत टिप्परलाई ऐम्वुलेन्स र सव वहानका रुपमा प्रयोग गर्ने

डडेल्धुरा, वैशाख २३ (ई-रैवार)
कोरोना संक्रमण बढ्दै गएपछि अमरगढी नगरपालिकाले सवारी साधनलगायत टिप्परलाई ऐम्वुलेन्स, सव वहानका रुपमा प्रयोग गर्ने घोषणा गरेको छ । डडेल्धुराको अमरगढी नगरपालिकाले मेयर, उपमेयर चढने गाडिलाई ऐम्वुलेन्स, टिप्परलाई सव वहानका रुपमा प्रयोग गर्ने घोषणा गरेको हो ।
डडेल्धुरामा कोरोना संक्रमितको संख्या बढदै गईरहेको बेलामा अमरगढी नगरपालिकाले मेयर, उपमेयर चढने गाडिलाई ऐम्वुलेन्स, टिप्परलाई सव वहानका रुपमा प्रयोग गर्ने निर्णय गरेको नगरपालिकाका सुचना अधिकारी लाल वहादुर साँउदले बताएका हुन ।
डडेल्धुरामा सात स्थानिय तह रहेको छन । सदरमुकाममा रहेको अमरगढी नगरपालिकाका जन प्रतिनिधिहरुले आफुले चढ्ने सरकारि गाडीलाई एम्वुलेन्स बनाउने घोषणा गरेका हुन् ।
जन प्रतिनिधि जनता प्रति उदासिन भएको आरोप लागिरहेका बेलामा अमरगढीका नगरपालिकाकाले भने यो निर्णय जनताको हितमा रहेको देखिन्छ । आफ्नो सरकारि सवारी साधनलाई यसरी ऐम्वुलेन्स र सव वहानका रुपमा प्रयोग गर्ने अमरगढी पहिलो नगरपालिका रहेको छ ।
नगरपालिकाका सुचना अधिकारी साँउदले नगर प्रमुख, उप प्रमुख चढ्ने २३९ नंम्वरको वोलेरो गाडि नै जनताका लागि एम्वुलेन्स बनाउने र नगरपालिकाको टिप्परलाई सव वाहन बनाउने निर्णय गरेको बताए ।
कोरोना निन्त्रणकालागि सक्रिय भुमिका खेलिरहेको नगरपालिकाले आफ्ना सवै संरचना परिचालन गर्ने क्रममा ११ स्वास्थ्य संस्थामा रहेका ४३ जना र विद्यालय नर्सिङ कार्यक्रममा कार्यरत १० जना स्टाप नर्स परिचालन गरेको छ । यस्का साथै टोल टोलमा स्वयंसेविका परिचालन गरेको बताएको छ ।
सुदुरपश्चिम प्रदेशको एक मात्र संघिय अस्पताल डडेल्धुरा अस्पतालमा रहेको जनशक्ति अभावलाई राहात गर्नका लागि ४ जना स्वास्थ्यकर्मि पठाउने निर्णय समेत गरेको चना अधिकारी साँउदले बताए ।





प्रतिकृया दिनुहोस्