सुदूरपश्चिम प्रदेशमा मंगलबार १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, मंसिर १६ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा मंगलबार १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ५ वटा प्रयोगशालामा झण्डै ५ सय जनाको स्वाव परिक्षण गरिएकोमा १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा कैलालीका ७४ जना, कंचनपुरका ७ जनागरी ८१ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा १५ जना, बैतडी अस्पतालको प्रयोगशालामा १५ जना, बझाङ अस्पतालको प्रयोगशालामा ८ जना र अछामको कमलबजार प्रयोगशालामा २४ जना र डोटीका १ जनामा संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ३ सय ७० जनाको परीक्षण गर्दा थप ८१ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २४ जनामा संक्रमण देखिएको जानकारी दिए ।
उपमहानगरपालिकाको वडा नम्बर १ का ८ जना, वडा नम्बर ५ का ५ जना, वडा नम्बर ८ का ३ जना, वडा नम्बर २ का २ जना, वडा नम्बर ३, ४, ७, ९ १२ र १५ का १/१ जनामा संक्रमण देखिएको उनले बताए ।
कैलालीकै टीकापुर नगरपालिका र कैलारी गाउँपालिकाका १५ / १५ जना, गोदावरी नगरपालिकाका १० जना, लम्किचुहा नगरपालिकाका ६ जना, मोहन्याल गाउँपालिकाका २ जना, जानकी गाउँपालिका र भजन नगरपालिकाका १ / १ जनामा समेत कोराना पुष्टि भएको छ ।
यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिकाका ५ जना र भीमदत्त नगरपालिकाका २ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
उता अछामको कमलबजार प्रयोगशालामा गरिएको परिक्षणमा २४ जनामा संक्रमण देखिएको छ । प्रयोगशालाका ६८ जनाको परिक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रयोगशालाले जनाएको छ ।
प्रयोगशालका सुचना अधिकारी टेक बहादुर बिष्टका अनुसार कमलबनजार नगरपालिकामा २ जना, र मंगलसैन नगरपालिकामा १६ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै बाजुरको बुढीगगा नगरपालिकाका थप ६ जनामा कोरोना पुष्टि भएको सुचना अधिकारी बिष्टले बताए ।
उता डडेल्धुरा अस्पतालको प्रयोगशाला र बैतडी अस्पतालको प्रयोगशालामा १५ / १५ जनामा कोरो पुष्टि भएको छ भने बझाङ अस्पतालको प्रयोगशालमा ८ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
यो योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार ३ सय ५२ पुगेको छ । संक्रमण पुष्टि भएका ९ हजार ५ सय १७ डिस्चार्ज भएका छन।





प्रतिकृया दिनुहोस्