April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशमा थप ७५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार ८ सय २५ पुग्यो

धनगढी, कार्तिक १६ (ई-रैवार)

सुदूरपश्चिममा प्रदेशमा आज  आईतवार थप ७५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका प्रदेशमा रहेका  प्रयोगशालामा ४ सय ९६ जनाको स्वाव परीक्षण गर्दा ७५ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशाला, डडेल्धुरा अस्पताल प्रयोगशाला, डोटी अस्पताल प्रयोगशाला र जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए । उनका अनुसार ५ वटै प्रयोगशालामा ४ सय ९६ जनाको परीक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार डोटी अस्पताल प्रयोगशालामा ३६ जना, सेती अस्पताल प्रयोगशालामा ३४ जना, बैतडी अस्पताल प्रयोगशालामा ३ र डडेल्धुरा अस्पताल प्रयोगशालामा २ जनामा संक्रमण पुष्टि भएको बताए ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ३२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घन्टामा ३ सय ३  जनाको नमुना परिक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार  २५ पुरुष र ७ महिला गरि जना ३२ जनामा संक्रमण पुष्टी भएको हो । कैलालीको धनगढी उपमहानगरपालिकाको धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ का ५ जना, वडा नम्बर ५ का ३ जना र वडा नम्बर १, ४, ७, ८ र १२ का १–१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

कैलालीकै गोदावरी नगरपालिकाका ४ जना, टीकापुर नगरपालिकाका ३ जना, घोडाघोडी नगरपालिकाका २ जना र लम्किचुहा नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै कञ्चनपुरको बेदकोट नगरपालिका–१० का २ महिला र ७ पुरुष गरि ९ जनामा संक्रमण देखिएको बताए ।

उता, डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३६ जनामा संक्रमण पुष्टि भएको छ । ९७ जनाको कोरोना परीक्षण भएकोमा ३६ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९७ जनको परिक्षण गर्दा थप ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला अस्पताल डोटीका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए ।

संक्रमण पुष्टी हुनेमा दिपायल सिलगढी नगरपालीकाका ३४ जना,जिल्ला प्रहरी कार्यलयका १ जना र बोगटानका १ जनामा पनि संक्रमण पुष्टी भएको हो ।

यस्तै, डडेल्धुरा अस्पतालमा ७ जनाको स्वाव परिक्षण गरिएकोमा २ जनामा कोरोना पुष्टि भएको कोभिड सम्पर्क व्यक्ति हरीप्रशाद भटटले जानकारी दिएका छन् । कोरोना पुष्टि हुनेमा अमरगढी नगरपालिकाका १ जना र पाटन नगरपालिकाका १ जना गरि २ जना रहेको उनले बताए ।

उता, बैतडी अस्पतालमा २९ जनाको स्वाव परिक्षण गरिएकोमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको ल्याब ईन्चार्ज खेमराज जोशीले बताए । कोरोना पुष्टि हुनेको ठेगाना नखुलाईएको उनले बताए ।

उता, अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा १२ जना र बझाङको अस्पतालको प्रयोगशालामा ३७ जनाको स्वाव परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएका छन् ।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९ हजार ८ सय २५ पुगेको छ । संक्रमित मध्ये ८ हजार ८८ जनाले कोरोना जितेका छन् भने ३५ जनाको मृत्यु भएको छ ।