सुदूरपश्चिम प्रदेशमा थप ७१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार ७५० पुग्यो

धनगढी, कार्तिक १५ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा आज शनिवार थप ७१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका प्रदेशमा रहेका ६ वटा प्रयोगशालामा ५ सय ३० जनाको स्वाव परीक्षण गर्दा ४१ जनामा कोरोना पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशाला, डडेल्धुरा अस्पताल प्रयोगशाला, जिल्ला डोटी अस्पताल प्रयोगशाला, जिल्ला अस्पताल बझाङ प्रयोगशाला र कमजलबजार नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७१ जनामा संक्रमण पुष्टि भएको बताए ।
मन्त्रालयका प्रवक्ता कार्कीले सेती अस्पताल प्रयोगशालामा ५२ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा ९, अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ५ जना, डोटी अस्पताल प्रयोगशालामा ३ जना र जिल्ला अस्पताल बझाङ प्रयोगशाला २ जनामा संक्रमण पुष्टि भएको बताए ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ९७ जनाको परीक्षण हुँदा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार ४० पुरुष र १२ महिला गरि जना ५२ जनामा संक्रमण पुष्टी भएको हो ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठका अनुसार संक्रमण पुष्टी हुनेमा धनगढी वडा नम्वर १ का २५ जना, वडा न २ का ३ जना, वडा नम्वर ५ का २ जना, वडा नम्वर ७ र ८का १/१ जना, जानकी गाउपालीकाका ६ जना, गोदावरीका ४ जना, कैलालीको स्थानीय तह नखुलेका ४ जनामा पनि संक्रमण पुष्टी भएको छ ।
त्यसैगरि कञ्चनपुरको भिमदत्त नगरपालीकाका ५ जना, र डडेलधुराको १ जनामा पनि संक्रमण पुष्टी भएको सूचना अधिकारी श्रेष्ठले जनाएका छन् ।
डोटी अस्पतालको प्रयोगशालामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार डोटीको दिपायल सिलगढी नगरपालिकाका वाड नम्बर ६ का १ जना, वाड नम्बर ४ का १ जना, र आदर्श गाउपालिका वाड नम्बर ४ का १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
यस्तै डडेल्धुराको अस्पतालमा ७५ जनाको स्वाव परिक्षण गरिएकोमा ९ जनामा कोरोना पुष्टि भएको छ । कोभिड सम्पर्क व्यक्ति हरीप्रशाद भटटका अनुसार डडेल्धुराको जिल्ला प्रहरी कार्यालयका १ जना प्रहरी जवान, गन्यापधुरा गाउँपालिकाका १ जना, र अजयमेरु गाउँपालिकाका १ जना, दार्चुलामा ५ जना र बझाङमा १ जनामा कोरोना पुष्टि भएको छ ।
उता, अछामको कमलवजार नगरपालिकाकोे प्रयोगशालामा पछिल्लो २४ घण्टामा १३ जनाको स्वाव परिक्षण गरिएकोमा ५ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिए ।
शनिवार कोरोना पुष्टि हुनेमा कमल बजार नगरपालिकामा २० बर्षका १ पुरुष,बयलपाटा अस्पतालमा २९ बर्षिय महिला,३०,३३,३४ बर्षका पुरुष गरि ५ जनामा कोरोना पुष्टि भएको उनले बताए । अहिले सम्म अछामको कमलवजार नगरपालिकाकोे प्रयोगशालामा १ हजार ४ सय ५१ जनाको स्वाव परिक्षण गरिएको छ ।
उता, बझाङको अस्पतालमा ६ जनाको स्वाव परिक्षण गरिएकोमा २ जनामा कोरोना पुष्टि भएको जिल्ला अस्पताल बझाङका प्रयोगशाला इन्चार्ज नरेश खड्काले जानकारी दिए । कोरोना पुष्टि हुनेमा जिल्ला प्रहरी कार्यालय का २ जना रहेका उनले बताए ।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९ हजार ७ सय ५० पुगेको छ। संक्रमित मध्ये ८ हजार १८ जनाले कोरोना जितेका छन् भने ३४ जनाको मृत्यु भएको छ।





प्रतिकृया दिनुहोस्