सुदूरपश्चिम प्रदेशमा बिहीवार थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, असोज २९ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा बिहीवार थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा रहेका ५ वटा प्रयोगशालामा ७ सय २१ जनाको स्वाव परिक्षण गरिएकोमा १ सय ४२ जनामा कोरोना पुिष्ट भएको हो ।
सेती प्रादेशिक अस्पतालमा पछिल्लो १ सय ७२ जनाको परीक्षण गरिएकोमा थप ६९ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कञ्चनपुरका ११ कैलालीका ५६, डडेल्धुराका १ र डोटीका १ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
कञ्चनपुरको वेदकोट नगरपालिका–८ का ५ जना, लालझाडी गाउँपालिका–३ र पुर्नरवास नगरपालिकाका २–२ जना, त्यस्तै भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिका–५ का १–१ जनामा पनि संक्रमण देखिएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का १० जना, वडा नम्बर ४ का ७ जना, वडा नम्बर ५ का ६ जना, वडा नम्बर २ का ३ जना र वडा नम्बर ८ का २ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।
यस्तै वडा नम्बर १२ र १३ का १–१ जना र वडा नखुलेका २ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । यस्तै कैलालीकै लम्किचुहा नगरपालिकाका १२ जना, गोदावरी नगरपालिकाका ९ जना, घोडाघोडी नगरपालिकाका २ जना र ठेगाना नखुलेका एक जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै डडेल्धुराको परशुराम नगरपालिका–१ र डोटीको दिपायल सिलगढी नगरपालिका–६ का ११ जनामा समेत कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुला र डोटीका ४७ जनामा कोरोना देखिएको हो । दार्चुलाको महाकाली नगरपालिकाका ३८ र डोटीको जोरायल गाउँपालिकाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला इञ्चार्ज इश्वरीप्रसाद भुषालले जानकारी दिए। उनका अनुसार बिहीबार प्रयोगशालामा १ सय ४० नमुना परीक्षण गरिएको थियो ।
अछामकोे कमलबजार नगरपालिकमा संचालनमा आएको पिसिआर प्रयोगशालामा । २ सय २४ जनाको परिक्षण गरिएकोमा ६ जनामा संक्रमण देखिएको प्रयोगशलाका सुचना अधिकारी टेक बहादुर बिष्टले बताए । नयाँ थपिएका सबै मंगलसेन नगरपालिकाका क्रमस ३,४, ५ र ७ का रहेको उनले बताए ।
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा ४२ जनाको कोरोना परीक्षण भएकोमा १७ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका ९ पुरुष र ३ महिला गरी १२ जना, त्यसैगरी बोगटान फुडशिल गाउँपालिका ३ पुरुष र २ महिला गरी ५ जनामा कोरोना संक्रमण भेटिएको बताए।
बझाङको अस्पतालमा १ सय ४३ जनाको स्वाव परिक्षण गरिएकोमा ३ जनामा कोरोना पुष्टि भएको छ । बझाङ्ग ल्याव ईन्चार्ज नरेश खडकाका अनुसार छब्बिसपाथिभरा गाउँपालिकाका २ जना, र ठेगाना नखुलेका १ जनामा कोरोना पुष्टि भएको उनले बताए ।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८ हजार ४ सय ७१ पुगेको छ ।





प्रतिकृया दिनुहोस्