कक्षा १२ को संक्षिप्त परीक्षामा १२ हजार विद्यार्थी घरपायक केन्द्रबाट सहभागी हुने
काठमाडौं, कार्तिक २८ (ई-रैवार) रोकिएको ९ महिनापछि हुन लागेको कक्षा १२ को संक्षिप्त परीक्षामा १२ हजार ४ सय ९ परीक्षार्थीले घरपायक जिल्लाको परीक्षा केन्द्रबाट परीक्षा दिने भएका छन् । विद्यार्थीले रोजेको परीक्षा केन्द्रबाटै परीक्षा लिने व्यवस्था मिलाइएको राष्ट्रिय परीक्षा बोर्डका...






