July 22, 2026, Wednesday
२०८३ श्रावण ६

पत्रपत्रिका

कांग्रेसमा मन्त्री बन्न दौडधुप, प्रधानमन्त्री देउवाले अब मन्त्रिपरिषद्लाई पूर्णता दिने

कांग्रेसमा मन्त्री बन्न दौडधुप, प्रधानमन्त्री देउवाले अब मन्त्रिपरिषद्लाई पूर्णता दिने

काठमाडौँ, साउन ४ (ई–रैवार) प्रतिनिधिसभाबाट आइतबार विश्वासको मत पाएका प्रधानमन्त्री शेरबहादुर देउवाले अब मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन्। सत्ता गठबन्धनमा आबद्ध दलहरूसँगको परामर्शमा प्रधानमन्त्री देउवाले छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका हुन्। गठबन्धन दलहरूबीच मन्त्रिपरिषद् विस्तार र सरकारको प्राथमिकताका विषयमा सैद्धान्तिक सहमति भएको जनाउँदै देउवा निकट एक नेताले भने, ‘अब विलम्ब नगरी मन्त्रिपरिषद् विस्तार गरेर सरकारले…

नेपाली सेना ‘तीन जोड एक’ संरचनामा

नेपाली सेना ‘तीन जोड एक’ संरचनामा

काठमाडौँ,साउन २ (ई–रैवार) नेपाली सेना शुक्रबारदेखि सांगठनिक पुनःसंरचनामा गएको छ । मुलुकभर आठ पृतना (सात प्रदेशमा सात र उपत्यकामा एक) रहेकामा सैनिक संगठनलाई ‘थ्री प्लस वान’ (तीन जोड एक) संरचनामा रूपान्तरण गरिएको हो । आठ पृतनालाई समायोजन गरेर अहिले चार कमान्ड हेडक्वार्टर कायम गरिएको छ । रणनीतिक तथा बाह्य र आन्तरिक सुरक्षाका हिसाबमा कोसी नदीलाई आधार मानेर पूर्वी…

  • काँग्रेस महाधिवेशन एक दिन पनि सर्दैन : देउवा

    काँग्रेस महाधिवेशन एक दिन पनि सर्दैन : देउवा

    काठमाडौँ,साउन २ (ई–रैवार) नेपाली  काँग्रेसको  १४ औँ  महाधिवेशनका प्रारम्भिक मतदाता (क्रियाशील सदस्य) को विवाद समाधानउन्मुख भएकाले अब महाधिवेशन भदौमै  हुने  भएको  छ  । क्रियाशील  सदस्यको  विवाद  ७७ जिल्लामध्ये ७५ जिल्लामा समाधान भएको छ भने बारा र सप्तरीमा केही दिनभित्रै टुङ्ग्याइने...

  • ओली सरकारका तीन बजेट : विकास खर्च झन् कमजोर, ऋणको भार दोब्बर

    ओली सरकारका तीन बजेट : विकास खर्च झन् कमजोर, ऋणको भार दोब्बर

    काठमाडौं, साउन १ (ई–रैवार) दुई तिहाइ बहुमतको सरकार आयो र गयो । तर, बजेट परिचालनको देशको नियति उस्तै रह्यो । जेठ १५ मै बजेट पेस गर्ने, असार मसान्तअगावै संसद्बाट पास गराउने र साउन १ देखि कार्यान्वयनमा लैजाने नयाँ अभ्यास पनि भए । तर,...

  • सर्वोच्चको आदेशपछि जसपा यादव पक्ष उत्साहित, ठाकुर पक्षमा अन्योल

    सर्वोच्चको आदेशपछि जसपा यादव पक्ष उत्साहित, ठाकुर पक्षमा अन्योल

    काठमाडौं, असार २९ (ई–रैवार) प्रतिनिधिसभा विघटन बदर र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सर्वोच्चको आदेशपछि जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष उत्साहित भएको छ भने महन्थ ठाकुर पक्ष आफ्नो आगामी कदमलाई लिएर अन्योलग्रस्त छ । पार्टी अध्यक्ष यादवले सर्वोच्चको फैसलाले राष्ट्र, संसद्,...

  • अदालतको आदेश र एमालेको पार्टी एकता

    अदालतको आदेश र एमालेको पार्टी एकता

    श्याम श्रेष्ठ/ फुट्ने नेता, जोड्ने कार्यकर्ता समानान्तर पार्टीसमेत गठन गर्दै फुटको संघारमा पुगेर आआफ्नो बाटो हिँडिसकेका नेकपा एमालेका दुई चिरा दोस्रो तहका नेताहरूको क्रियाशीलतामा दसबुँदे सहमतिसहित फेरि जोडिन लागेको खबरले, मनसुनले चिस्याएको अहिलेको वातावरणलाई एक्कासि तताइदिएको छ । त्यसमाथि, यही बेला...

  • कांग्रेसमा साढे आठ लाख क्रियाशील सदस्य, सदस्यता ५१ प्रतिशतले बढ्यो

    कांग्रेसमा साढे आठ लाख क्रियाशील सदस्य, सदस्यता ५१ प्रतिशतले बढ्यो

    काठमाडौं, असार २७ (ई–रैवार) कांग्रेसमा क्रियाशील सदस्यको संख्या साढे आठ लाख पुगेको छ । केन्द्रदेखि तल्ला तहको नेतृत्व चयनमा प्रत्यक्ष प्रभाव पार्ने यो सदस्य संख्या अघिल्लो महाधिवेशनको तुलनामा ५१ प्रतिशतले बढेको छ । कुनै समय प्रौढहरूको पार्टीको पहिचान बनाएको कांग्रेसमा पछिल्लो पटक...

  • सुदूरपश्चिम प्रदेशमा पर्यटन विकास ओझेलमा, मठमन्दिरमा करोडौं विनियोजन

    सुदूरपश्चिम प्रदेशमा पर्यटन विकास ओझेलमा, मठमन्दिरमा करोडौं विनियोजन

    धनगढी, असार २३ (ई–रैवार) खप्तड क्षेत्रको पर्यटन विकासका लागि एक करोड पनि विनियोजन नगरेको सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न जिल्लामा स्थानीय मठमन्दिर निर्माणका लागि भने झन्डै १७ करोड विनियोजन गरेको पाइएको छ । चालु आर्थिक वर्षमा मठमन्दिर निर्माणमा २५ करोडभन्दा बढी रकम...

  • जोखिम मोलेर भारततिरै

    जोखिम मोलेर भारततिरै

    धनगढी, असार २२ (ई–रैवार) डडेलधुरा जोगबुढाका वीरबहादुर धामी कामका लागि भारत पस्न कञ्चनपुरको गड्डाचौकी नाका पुगे । त्यहाँ भारतीय स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले कोरोना परीक्षण रिपोर्ट नभएकाले जान नमिल्ने भन्दै फर्काएपछि उनी आइतबार कैलालीको त्रिनगर गौरीफन्टा सीमा नाकाबाट भारत पसे । भारतको उत्तराखण्ड...