प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच छलफल, के-के भयो कुराकानी ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच आज छलफल भएको छ। संघीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य गर्ने सम्बन्धमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच आज छलफल भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सभामुख घिमिरेले...






